काठमाडौँ । प्रमुख प्रतीपक्षी दल नेकपा एमालेले ७ सय ५१ बुँदे माग पत्र बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले नागरिकका समस्यासँग जोडिएका माग बुझाएको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न ४६ क्षेत्रका ७ सय ५१ माग लिखित रुपमा बुझाइएको छ ।
गण्डकी प्रदेशबाट १ सय ६१, कोशीबाट १ सय ७० सुदूरपश्चिमबाट १ सय ३५ र बागमतीबाट १ सय ३३ वटा माग प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको छ ।
बागमतीबाट १ सय ३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेश प्रदेशबाट ८ वटा माग प्राप्त भएको र सबै मागहरू प्रधानमन्त्रीलाई बुझाइएको नेता ज्ञवालीले बताउनुभयो ।
माग पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयन र सम्बोधनका लागि निर्देशन दिने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ ।
गएको मङ्सिर १४ देखि पुस १ सम्म नेकपा (एमाले) द्वारा आयोजित झुलाघाट-चिवाभञ्याङ, समृद्धिका लागि सङ्कल्प यात्राका निष्कर्षसहित पनि माग पत्रमा समावेश गरिएको नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०, ११:२०