काठमाडौँ । पर्सि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचनसँग सम्बन्धित मुचुल्का उठाउने र विषेश सूचना सार्वजनिक गर्ने भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मुख्य तयारी सकिएको र केही अनौपचारिक काम आज बेलुकासम्ममा सक्ने तयारी भएको बताउनुभयो ।
प्रवक्ता पौडेलले गएरातिदेखि निर्वाचनको निषेधअवधि सुरु भएकाले कुनै उम्म्ेदवार वा दलको पक्षविपक्षमा कुनै व्यक्ति, संस्था वा समूहबाट प्रचारप्रसार गरेको पाइएमा कानुन अनुसार कारबाही हुने बताउनुभयो ।
पर्सि मतदानको दिन बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म सम्वन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०, ११:३७