१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।
इस्ट लन्डनमा टस जितेर ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अलआउट भयो । नेपालका लागि विपिन रावलले ३९, दीपक डुम्रेले २६ र देव खनालले २३ रन बनाउनुभयो ।
नेपालको तुलनामा बलियो मानिएको पाकिस्तानका बलर सामु नेपाली ब्याटरले धेरै रन बनाउन सकेनन् । पाकिस्तानका अराफत मिन्हान्सले तीन विकेट लिनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०, १७:२८