काठमाडौँ । १९ वर्षमुुनिको आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ रोजेको अफगानिस्तान ४१ औँ ओभरमा १४५ रनमा अलआउट भयो ।
नेपालका आकाश चन्दले ५ तथा दिपेश कँडेलले २ विकेट लिनुभयो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको खेल जिते नेपाल अर्को चरणमा प्रवेश गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०, १६:५०