काठमाडौँ । सय वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको गजल पहिलो पटक रेकर्ड गरिएको छ । गजलमा विश्व कीर्तिमानी सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीत र स्वर रहेको छ । श्रव्य तथा दृश्य रूपमा तयार पारिएको गजल काठमाडौँमा प्रा. डा. कृष्णहरि बराल, महाकवी देवकोटाका छोरा प्रा. पद्मप्रसाद देवकोटा, छोरी अम्विकादेवी रिमाल र गायक तथा सङ्गीतकार श्रेष्ठले लोकार्पण गर्नुभयो ।
कार्यक्रममा महाकवि दवकोटाका छोरा पद्मप्रसादले करिब सय वर्षअघि "सावित्री सत्य वाण" नामक नाटकमा लेखिएको आफ्ना पिताको सृजनालाई सङ्गीत र स्वरबद्ध गरिँदा खुसी लागेको उहाँले बताउनुभयो ।
सङ्गीतकार तथा गायक श्रेष्ठले महाकविको रचनामा स्वर तथा सङ्गीत दिन पाउनु सौभाग्यको कुरा भएको बताउनुभयो । गीतसङ्गीतको माध्यमबाट केही गर्नुपर्छ भन्ने विचार राखेर नै यो गजलको श्रव्यदृश्य सामग्री बनाएको उहाँको भनाइ छ ।
गजलको भिडिओमा हेम प्रभास अधिकारीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन र सम्पादन रहेको छ ।
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०, १५:१९