काठमाडौँ । १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशलाई १७० रनको रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल अन्तिम बल बाँकी हुँदा १६९ रनमा अलआउट भयो ।
नेपालका विशाल विक्रम केशीले सर्वाधिक ४८ रन बनाउनुभयो भने कप्तान देव खनालले ३५ रनको योगदान गर्नुभयो । सुवास भण्डारी १९ रनमा अविजित रहनुभयो ।
यस्तै अर्जुन कुमाल १४, गुल्सन झा, दिपेश कँडेल, दीपक बोहोरा र आकाश त्रिपाठी समान ३/३ तथा विपीन रावल २ रनमा आउट हुनुभयो । आकाश चन्दले रनको खाता खोल्न सक्नुभएन । बङ्गलादेशले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०, १७:१२