जनकपुर । मधेस विकास सम्मेलन २०८० सम्पन्न भएको छ । मधेस प्रदेसको प्रदेशसभाका सभामुख, रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा प्रदेसका मन्त्री, प्रदेस सभा समितिका सभापति, प्रदेसका सांसद र मधेस प्रदेशमा क्रियासिल विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी रहेको सम्मेलनमा बहस र छलफल पछि जनकपुरधाम प्रतिबद्धता पत्र पनि जारी गरिएको छ ।
कार्यक्रममा प्रदेशसभाका सभामुख, रामचन्द्र मण्डलले मधेस प्रदेसमा वैदेशिक सहयोगको प्रभावकारिता र व्यवस्थापनका लागि नीतिगत अवधारणा तय गर्ने गरी अब प्रदेससभाले काम गर्ने बताउनुभयो ।
अर्थ तथा योजना समितिका सभापति सतिसकुमार सिंहले मधेसको विकास गरी मधेस समृद्धि यात्रा तय गर्न आफ्नो समितिले सबैसँग समन्वय गरी सम्मेलनको आयोजना गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा मधेस प्रदेसको नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले दिगो विकासको लक्ष्यमा मधेसको अवस्था, प्राथमिकता र आवश्यकताका बारेमा प्रस्तुती गर्नुभएको थियो ।
यस्तै, सेभ द चिल्ड्रेन र एआईएनका तर्फबाट हरिबोल बजगाईँले मधेसमा क्रियाशील ३४ वटा संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्तर्राष्ट्रिय संस्थाहरू र सरकारबिचको खुला बहसको सञ्चालन गर्दै सामुदायिक रेडियो प्रसारक संघका व्यवस्थापक दीपक आचार्यले मधेसमा काम गर्न गाह्रो हुन्छ भनेर दातृ निकाय तथा अन्तर्राष्ट्रिय संस्थाहरू डराउने परिपाटीको अन्त्य गर्न तथा मधेसमा लगानीमैत्री वातावरण बनाउन बहस चलाईएको बताउनुभयो ।
केयर नेपालका राष्ट्रिय निर्देशक मोना शेर्पाले गरिबी र अन्य समस्याको अन्त्य गर्न कृषिको आधुनिकीकरण र औद्योगीकरणमा सरकारसँग मिलेर काम गर्न आफूहरू तयार भएको बताउनुभयो ।
वर्ल्ड भिजन इन्टरन्यासनल नेपालका व्यवस्थापक उमा मगरले वाल विवाह अन्त्य तथा किशोरी अधिकारका लागि मधेस प्रदेसमा धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।
प्लान इन्टर्न्यासनलका राष्ट्रिय निर्देशक राम किशनले विकास कसले ग¥यो भनेर भन्नु भन्दा पनि हामी सबै मिलेर गराैँ भन्ने भावनाको विकास गर्नको लागि समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय गैर सरकारी संस्था महासंघ एआईएनका सदस्य एवं पीएसआईका राष्ट्रिय निर्देशक खेम श्रेष्ठले विकास साझेदारले काम गर्दा र गैरसरकारी संस्था छान्दा अपनाउनुपर्ने प्रकृयाहरुको बारेमा जानकारी गराउनुभयो ।
ह्याविटाट फर ह्युमानिटीको क्षेत्रीय प्रमुख रामबहादुर श्रेष्ठले सरकारले काम गर्ने वातावरण बनाईदिएमा विकासले फड्को मार्ने बताउनुभयो ।
मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले दातृ निकायले मधेसलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सुकिला मुकिला वर्गको मात्रै भएकाले परिवर्तन आवश्यक भएको उहाँले बताउनुभयो ।
एआईएनका अध्यक्ष भगवान् श्रेष्ठले बहसमा आएका सवाललाई सम्बोधन गर्ने रणनीतिका साथ अन्तर्राष्ट्रिय संस्थाहरू अघि बढ्ने भएकाले अब समन्वय र सहकार्यमा अभाव नहुने बताउनुभयो ।
मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सोहनप्रसाद साहले सहकार्य र समन्वय गरेर अघि बढ्ने सरकार र विकास साझेदारहरूको निर्णयलाई प्रतिबद्धता पत्रको रुपमा वाचन गरेर सभामा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले पनि आफुले गरेको योगदान र मधेस प्रदेसमा काम गर्ने क्रममा भोग्नुपरेका अप्ठ्याराहरु बारे प्रस्तुती गरेका थिए ।
दिगो विकास लक्ष्य प्राप्तिमा भएका प्रयास तथा सहकार्यका क्षेत्रहरु पहिचान गर्ने, विकास साझेदारहरूको समन्वय इकाई (हेल्पडेस्क) को स्थापना गरी तिनको विवरण अनलाइन (मभखभयिऊभलत उयचतब०ि मा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०, १२:०४