काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।
छैटौं संस्करणको तियोगिताको शनिवार भएको फाइनलमा पुुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रोपटक उपाधि उचालेको हो । पुलिस क्लबले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
कीर्तिपुरमा १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३८ औँ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । पुलिसका लागि शंकर रानाले अविजित ६२ रन बनाउनुभयो ।
टस हारेर पहिला ब्याटिङ गरेको आर्मी १ बल बाँकी छँदा १८१ रनमा अलआउट भएको थियो । आर्मीका अलराउन्डर विवेक यादवले ६३ रन बनाउनुभयो। एक समय ६९ रन जोड्न ७ विकेट गुमाएको आर्मीलाई आठौं विकेटका लागि सोमपाल कामी र विवेक यादवले ५९ रनको साझेदारी गर्नुभयो । पुलिस क्लवका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिएका थिए ।
पुलिस क्लवले प्रधानमन्त्री कपको उपाधि तेस्रो पटक जितेको हो ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०, १६:२७