मंगलबार साँझबाट पुनः सुरु भएको अबिरल बर्षाले पहिरो प्रभावित क्षेत्रमा उद्धारमा समस्या थपिएको छ ।
बर्षा नरोकिएका कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताउनुभयो ।
सत्यवति गाउँपालिका वडा नं ४ लिम्घामा ७ बर्षीया तारा विक र डेढ बर्षीय सुमन विक अझै बेपत्ता छन् । वडा नं ३ ठुलोलुम्पेकमा माया र बवि विक पहिरोमा हराइरहेका सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताउनुभयो ।
उहाँले रातभर ठुलो पानी परिरहेकाले उद्धार गर्न निकै समस्या भएको बताउनुभयो ।
६ सय परिवारले घर छाडे
पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।
त्यस्तै, लुम्पेककै अन्य बस्ती पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिनुभयो ।
बर्षा नरोकिएका कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताउनुभयो ।
त्यस्तै, वडा नं ४ लिम्घामा पनि दुईसय घर परिवारलाई सरस्वति माविमा व्यवस्थापन गरिएको छ । वडाध्यक्ष दानबहादुर रानाका अनुसार पहिरो गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि राति नै घर छोडर आएका छन् ।
राहत बाटोमै, गाउँमा खाद्यान्न अभाव
पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ ।
पहिरोले सवैभन्दा बढि मानवीय क्षति भएको वडा नम्बर ४ लिम्घा पुग्ने सडक अबरुद्ध छ । जसका कारण मंगलबार उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए ।
राहत बोकेर हिडेका गाडीहरु शाहाघाटमै दुई दिनदेखि रोकिएका छन् ।
सडक अबरुद्ध भएपछि झण्डै दुईसय मानिसलाई स्थानीय स्तरमा व्यवस्थापन गर्न निकै मुस्किल परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिनुभयो ।
सडक अबरुद्ध भएपछि झण्डै दुईसय मानिसलाई स्थानीय स्तरमा व्यवस्थापन गर्न निकै मुस्किल परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिनुभयो ।
गाडी बजारबाट आउने संभावना नभएकाले गाउँको स्टक दाल, चामल, चाउचाउ, बिस्कुट लगायतका सामग्री सकिएकाले थप व्यवस्थापन चुनौतिपूर्ण भएको उहाँले बताउनुभयो ।
त्यस्तै, ठुलोलुम्पेक जाने सवै सडक अबरुद्ध छन् । विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा नं १ का वडाध्यक्ष भिमलाल पाण्डेयले बताउनुभयो ।
हेलिकप्टर परिचालन गर्दैछौ : प्रजिअ
पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि उद्धार तथा राहतमा समस्या देखिएकाले हेलिकप्टर परिचालन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
‘सडकको कुनै बिकल्प भएन, राहत बाटोमै रोकिएपछि समस्या देखिएको छ, ‘उहाँले भन्नुभयो, ‘मन्त्रीहरुसँग समन्वय गरेर हेलिकप्टर मार्फत् राहत पु¥याउँछौ ।’
जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि अब खानपानमा समस्या हुनेतर्फ आफूहरु सचेत भएको उहाँको भनाइ छ ।
पहिरोमा पुरिएर अहिलेसम्म दुई स्थानमा ९ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र दुईजना घाइते भएका छन् ।
तस्बिरहरु : टोपलाल अर्याल
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६, ०८:५७