काठमाडौँ । पानी पार्ने प्रणालीको प्रवेशसँगै आज रातिबाट वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिमबाट प्रणालीको प्रवेश हुने र भोलि दिनभरजसो सामान्य बदली हुँदा चिसो बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाको भनाइ छ ।
उच्च हिमाली तथा पहाडी जिल्लाका भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो ।
भोलि र पर्सि तुलनात्मक रूपमा धेरै जाडो महसुस हुने र आगामी मङ्गलवारबाट मात्रै घाम लाग्न सुरु हुने मौसमविद् लामिछानेले बताउनुभयो ।
अस्थायी आवास निर्माणको काम जाजरकोट र रुकुममा अझैँ सकिएको छैन । यसका कारण भूकम्पप्रभावितलाई समस्या भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०, १९:५३