ललितपुर । धार्मिक विविधता भए पनि नेपाल अन्तर धार्मिक सद्भावमा नमुना देश भएको विभिन्न धर्मका अगुवाहरूले बताएका छन् । विश्व अन्तर धार्मिक सद्भाव सप्ताहका अवसरमा महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले ललितपुरमा गरेको कार्यक्रमका वक्ताहरूले नेपालको यो उदाहरणीय पक्षको चर्चा गरेका हुन् ।
कार्यक्रममा पार्ने तत्त्वहरू सक्रिय हुन खोजेको आभास हुने गरेको भन्दै उहाँले सबै धर्मका धर्मगुरु एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । हिंसा र अन्याय गर्ने व्यक्ति धर्मगुरु हुन नसक्ने उहाँको भनाई थियो ।
इस्लाम धर्मगुरु जीवप्रसाद पोखरेलले पछिल्लो समय अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनले पनि हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरूको भूमिकाको प्रशंसा गर्दै कार्यक्रम तय गरेको उल्लेख गर्दै धर्मगुरुको भूमिका बढाउँदै लानुपर्नेमा जोड दिनुभयो । निरनका उपाध्यक्ष एवं महिला ज्योतिष सङ्घका अध्यक्ष संयुक्त राष्ट्र सङ्घको महासभाको प्रस्ताव अनुसार विश्व अन्तर धार्मिक सद्भाव सप्ताह प्रभावकारी ढङ्गले मनाउन थालिएको रती श्रेष्ठले बताउनुभयो ।
निरन नेपालका व्यवस्थापक नहिदा बानुले अन्तर धार्मिक गतिविधिमार्फत विभिन्न कार्यक्रम गरेर समाजमा चलेका कुरीतिको अन्त्य गर्न सकिएको जानकारी दिनुभयो । इसाई धर्मका पास्टर महेन्द्र भट्टराईले धर्मका नाममा हुने राजनीतिलाई सञ्चार माध्यमले प्रवर्धन गर्न नहुने बताउनुभयो ।
बाही धर्मका धर्मगुरु एवं डा. नरेन्द्र पाण्डेले आफ्नो सोध पत्र प्रस्तुत गर्दै नेपाली सञ्चार माध्यमले यस विषयलाई प्राथमिकता दिन नसकेकाले अब सञ्चार माध्यमलाई यसको महत्वको बारेमा जानकारी गराउने कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमले कोरोनाको खोपका लागि धर्मगुरुहरूले राम्रो सन्देश दिए झैँ अब हुने खोप अभियानहरूमा पनि सघाउ पुर्याउनुपर्ने बताउनुभयो ।
सामुदायिक सूचना नेटवर्क सीआईएनका व्यवस्थापक दीपक आचार्यले सामुदायिक रेडियोहरुले धर्मगुरुहरुका आवाज सबै सामु फैलाएर धार्मिक सद्भावका साथै सामाजिक रुपान्तरणमा भूमिका खेलिरहेको बताउनुभयो ।
निरन नेपालका अध्यक्ष भिक्षु पियदस्सी महर्जनले विभिन्न धर्मका सङ्घ संगठनको नेतृत्वमा रहेको पदाधिकारी, धर्म गुरुहरू र धार्मिक अगुवा र सरोकारवालाबिच छलफल गरी उहाँहरूकै सुझाव अनुसार निरनले काम गर्दै आएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०, १६:५५