काठमाडौँ । नेपाली काँग्रेसले पार्टी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनमा दुःख व्यक्त गर्दै विभिन्न निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक कार्यक्रम तय गरेको हो ।
निर्णयहरूः
(क) २०८० माघ २३, २४ र २५ गते (तीन दिन) सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने ।
(ख) २०८० माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने ।
(ग) स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।
(घ) स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते निधन भएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०, १३:३४