काठमाडौँ । विपन्न समुदायका किशोरकिशोरीमा कुनै पनि प्रकारको मानसिक स्वास्थ्य समस्या भएमा ललितपुरको मानसिक अस्पतालले निशुल्क उपचार गर्ने भएको छ ।
अस्पतालमा नेपालमै पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको सुरुवात गर्दै थोरै रकममा पनि भरपर्दो उपचारसेवा दिने प्रतिबद्धता जनाइएको छ ।
इकाइबाट हिजोदेखि सेवा सुरुवात गरिएको हो ।
मानसिक अस्पताल र बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था सिविन नेपालको सहकार्यमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको शुभारम्भ गरिएको हो ।
इकाई प्रमुख डा. अरुणराज कुवरले किशोरकिशोरीको आवश्यकता अनुसार र उनीहरूको आर्थिक अवस्था कम्जोर भएमा निशुल्क पनि सेवा दिइने बताउनुभयो ।
किशोरकिशोरीको मानसिक स्वास्थ्यमा कुनै समस्या देखिएमा ललितपुरमा रहेको मानसिक अस्पतालमा सम्पर्क गर्न सकिनेछ ।
इकाईमा मनोचिकित्सा, नर्सिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०, १०:१२