काठमाडाैँ । क्यानडासँगको तीन एकदिवसीय क्रिकेटको शृंखला नेपालले जितेको छ । आज भएको दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले शृंखला आफ्नो पक्षमा पारेको हो ।
२८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान रोहितकुमार पाैडेलले ८७ देब खनालले ७५ र अनिल साहले ५० रन बनाउनुभयो । भीम सार्कीले २१ बलमा २३ रन बनाउनुभयो । पवन सर्राफले १४ र आसिफ शेखले १० रन बनाउनुभयो । सोमपाल कामी र कुशल मल्ल ९/९ रनमा नटआउट रहनुभयो ।
लामो समयपछि राष्ट्रिय टिममा फर्कनुभएका अनिलले २० बल खेल्दै ७ चाैका ३ छक्का प्रहार गर्नुभयो । यस्तै, कप्तान पाैडेलले १०१ बलमा ८ चाैका र ४ छक्का प्रहार गर्नुभयो । यस्तै, देबले ८१ बल खेल्दै ७ चाैका र २ छक्का प्रहार गर्नुभयो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो ।
क्यानडाका लागि आरोन जोनसनले ६५ नवनीत धालीवालले ४६ रन बनाउनुभएको थियो । नेपालका रोहित पौडेल र कुशल मल्लले २–२ तथा सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सरार्फले समान एक एक विकेट लिनुभयो ।
डब्लूसीएल लिग टूको तयारी स्वरुप नेपालले क्यानडासँग घरेलु मैदानमा खेलेको हो ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०, १६:२०