यो मैले आत्मप्रशंसा गरेको होइन । ‘मानव अधिकार शिक्षा’ रेडियो कार्यक्रमका ३० वर्ष र स्रोता क्लबमा सक्रिय भएको १३ वर्षको अवधिको संक्षिप्त अनुभव बाँड्ने गर्ने प्रयास गरेको हुँ ।
२०५५ सालको चैतमा नवज्योति मानव अधिकार शिक्षा रेडियो स्रोता क्लबका अध्यक्ष दिपकप्रसाद घिमिरेले ‘भाइ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम नियमित सुन्ने गर । अनि एउटा स्रोता क्लब गठन गर । मानव अधिकारसम्बन्धी थुप्रै ज्ञान पाइन्छ । पत्रपत्रिका, पुस्तक पढ्न पाइन्छ । अनि रेडियोबाट नाम आउँछ ।’ भन्दै हौस्याएर स्रोता क्लब गठन गर्न सल्लाह दिनुभयो ।
त्यतिञ्जेलसम्म मैले ध्यानपूर्वक कहिल्यै पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुनेको थिइन ।
२०५१ साल माघ ७ गतेबाट रेडियो नेपालबाट गाउँघरमा घन्किएको यो कार्यक्रम आजपर्यन्त विभिन्न एफएम स्टेसनहरूबाट घन्किरहेको छ ।
त्यतिबेला घिमिरेले दिनुभएको सल्लाहले ‘मलाई मानव अधिकार शिक्षा’ रेडियो कार्यक्रमको स्रोता मात्रै बनाएन ।
स्रोता क्लबहरूको नेता र कार्यक्रमको प्रस्तोता नै बनायो । मैले स्रोता क्लबको नेतृत्वबाट २०६९ सालमा विदा लिएँ र पूर्णकालीन कार्यक्रम उत्पादक र प्रस्तोता बनेँ ।
ती दिन सम्झँदा छुट्टै आनन्द आउँछ, जहाँ हामीलाई सफलता मिलेको थियो । बालविवाहको कुरीतिलाई पनि हाम्रो अभियानले थान्को लगाएको छ गाउँमा । अभियान सञ्चालन गर्दा नाकै अगाडि मुक्का तेर्स्याएर धम्क्याएको क्षण सम्झँदा आङै सिरिङ्ग हुन्छ ।
२०५६ साल वैशाखमा ललितपुरको देवीचौर गाविस–४ मा अनौपचारिक रूपमा स्थापित नवदीप मानव अधिकार शिक्षा रेडियो स्रोता क्लबलाई २०५६ साल फागुनमा स्रोता क्लबको राष्ट्रिय समितिमा आबद्ध गरियो ।
त्यसपछि त ‘मानव अधिकार शिक्षा’ रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्ने सँस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का बुलेटिनहरूमा क्लब र क्लब अध्यक्षको नाम प्रकाशित भएर आयो ।
क्लबको अध्यक्ष म नै थिएँ । रेडियोबाट पनि नाम आयो । यसले मलाई निकै हौस्यायो । एक दिन त त्यतिबेलाकी कार्यक्रम सञ्चालक प्रेक्षा ओझाले छोटो कुराकानी रेडियोबाटै बजाइदिनुभयो ।
त्यो स्रोताको प्रतिक्रिया रहेछ । मैले त मेरो अन्तर्वार्ता नै बज्यो भन्ने ठानेको थिएँ । हौसला झनै थपियो ।
२०५७ साल भदौमा स्रोता क्लबहरूको ललितपुर जिल्ला सम्मेलनको आयोजना गरी मलाई पनि निम्तो आयो । सहभागी भएँ ।
सम्मेलनबाट जिल्ला सचिवमा चुनिएँ । मेरो जिम्मेवारी र बुझाइ क्रमश... बढ्दै आयो । त्यतिबेलासम्म स्रोता क्लबको नामबाट गाउँमा वृक्षरोपण, सरसफाइलगायतका वातावरणसम्बन्धी काम गरेर समाजसँग घुलमिल हुने काम भइरहेको थियो ।
देवीचौर गाउँका कुरीति हटाउने अभियानको थालनी नवदीप रिलेकले नै गरेको थियो र त्यसको अगुवाइ मैले गरेको थिएँ ।
साथ र सहयोग सदस्य तथा समाजको थियो । ती दिन सम्झँदा छुट्टै आनन्द आउँछ, जहाँ हामीलाई सफलता मिलेको थियो । जुवातास र जाँडरक्सी विरोधी हाम्रो अभियानले गाउँमा हङ्गामा मच्चाएको थियो ।
इन्सेकले साँच्चै मानव अधिकारका सवाललाई रेडियो र प्रकाशनको माध्यमबाट आम नागरिकको घरदैलोमा पुर्याउनुपर्छ भनेर अभियान चलायो । त्यस्ता अभियान आज पनि जारी नै छन् ।
बालविवाहको कुरीतिलाई पनि हाम्रो अभियानले थान्को लगाएको छ गाउँमा । अभियान सञ्चालन गर्दा नाकै अगाडि मुक्का तेर्स्याएर धम्क्याएको क्षण सम्झँदा आङै सिरिङ्ग हुन्छ ।
यस्ता समस्यासँग जुध्दै पाएको सफलतापछि गाउँले नवदीप क्लब मात्रै होइन जिल्ला शाखा र राष्ट्रिय समितिका बारेमा पनि राम्रो जानकारी राख्दै आएका थिए ।
आज पनि उनीहरू राष्ट्रिय समितिका बारेमा सोधीखोजी गर्छन् । स्थानीय रूपमा गरिएको वृक्षरोपण कार्यक्रम जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा साक्षरोत्तर र प्रौढ कक्षा सञ्चालन गरी गाउँमा साक्षरता अभियानमा इँटा थप्ने कामको अगुवाइ गरेर पाएको सफलता सबैभन्दा राम्रो कमाई जस्तो लाग्छ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनका लागि नवदीप मानव अधिकार शिक्षा रेडियो स्रोता क्लब भएको स्थानमा गर्ने भनी जारी गरेको सूचना अहिले पनि मेरो कन्तुरमा छ ।
मानव अधिकारको स्रोता तथा पाठकका रूपमा २०५६ सालमा खुल्ला विश्वविद्यालयमा अध्ययन सुरू गरेको मैलै यो बीचमा यसै विषय अध्ययनकर्ताको जस्तो हातमा डिग्रीको प्रमाणपत्र नलिए पनि ज्ञान र सीप उत्तिकै लिएको छु ।
२०५९ सालमा रेडियो सगरमाथाको उपत्यका सेरोफेरो कार्यक्रमबाट रेडियोको माध्यमबाट आवाज दिएको मैले आजपर्यन्त कुनै न कुनै रेडियोबाट आफ्नो आवाज तरङ्गित गरिरहेको छु ।
खुल्ला विश्वविद्यालयको प्रमाणपत्र भनेकै सीप, क्षमता र दक्षता हो । हजारौँ मान्छे इन्सेकको मानव अधिकार अभियानमा सहभागी छन् । सहभागी मात्रै छैनन्, इन्सेकले सुरू गरेको अभियानबाट निकै माथि उठ्ने सौभाग्य पाएका छन् ।
इन्सेकले साँच्चै मानव अधिकारका सवाललाई रेडियो र प्रकाशनको माध्यमबाट आम नागरिकको घरदैलोमा पुर्याउनुपर्छ भनेर अभियान चलायो । त्यस्ता अभियान आज पनि जारी नै छन् ।
यसकै एउटा अङ्गका रूपमा मानव अधिकार शिक्षा रेडियो स्रोता क्लब (रिलेक नेपाल) को अभियान जन्मेको हो ।
रिलेक अभियानबाट पनि धेरै अग्रज, सहकर्मीले सफलता पाएका छन् । यो नै अभियानको सफलता हो । यही अभियान र अभियानको सफलतासँग मेरो सफलता पनि जोडिएको छ, उतिबेला म पनि यहि अभियानमा जोडिन आएको थिएँ एउटा स्रोता तथा पाठकका रूपमा ।
तर, अहिले मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको उत्पादक एवम् प्रस्तोता र इन्सेकका प्रकाशनहरूमा सहभागी भएर मानव अधिकारका क्षेत्रमा योगदान गरिरहेको छु ।
अहिले मानव अधिकार शिक्षा रेडियो कार्यक्रमसँगै अहिले इन्सेकले मानव अधिकार पोडकाष्ट उत्पादन गर्दै आएको छ ।
मानव अधिकार प्राप्तिको अभियानमा हातेमालो गर्दै अघि बढ्न एवम् शान्त र समृद्ध नेपाल बनाउन सबैसँग आग्रह गर्दछु । आउनुहोस् मानव अधिकार र सामाजिक न्यायका निम्ति रेडियो यात्रामा सँगसँगै यात्रा गरौँ ।
यसको उत्पादक र प्रस्तोताका रूपमा मेरो पूर्ण संलग्नता छ । मेरो मूल जिम्मेवारी छ । यो रेडियो कार्यक्रम सुनेर तय गरेको लक्ष्य र यो बीचमा आर्जन गरेको क्षमताका रूपमा मैले रेडियो कर्मलाई लिएको छु ।
२०५९ सालमा रेडियो सगरमाथाको उपत्यका सेरोफेरो कार्यक्रमबाट रेडियोको माध्यमबाट आवाज दिएको मैले आजपर्यन्त कुनै न कुनै रेडियोबाट आफ्नो आवाज तरङ्गित गरिरहेको छु ।
रेडियोमा २१ वर्षसम्म आवाज दिनु अनुभवका हिसाबले सानो समय होइन । निरन्तरताका हिसाबले पनि यसलाई स्मरणयोग्य मान्न सकिन्छ । अनि समाज परिवर्तनको हुटहुटी र दृढताप्रति नतमस्तक छु ।
र, मानव अधिकार प्राप्तिको अभियानमा हातेमालो गर्दै अघि बढ्न एवम् शान्त र समृद्ध नेपाल बनाउन सबैसँग आग्रह गर्दछु । आउनुहोस् मानव अधिकार र सामाजिक न्यायका निम्ति रेडियो यात्रामा सँगसँगै यात्रा गरौँ ।
(तिमल्सिना मानव अधिकार शिक्षा रेडियो स्रोता क्लब राष्ट्रिय समितिका पूर्व अध्यक्ष एवम् ‘मानव अधिकार शिक्षा’ रेडियो कार्यक्रम र मानव अधिकार पोडकाष्टका उत्पादक÷प्रस्तोता हुनुहुन्छ ।)
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०, ०७:५४