काठमाडौँ । क्यानडासँगको तीन एकदिवसीय क्रिकेटको शृंखला नेपालले क्लिन स्विप गरेको छ ।
तेस्रो खेलमा ९ विकेटको जीत हात पारेसँगै नेपालले तीन वटै खेल जित्दै शृंखला क्लिन स्विप गरेको हो । सोमबारको खेलमा २३३ रनको लक्ष्य पाएको नेपालले खेल सकिन ३३ बल बाँकी छँदै मात्र १ विकेट गुमाएर भेट्टाएको हो । नेपालका अनिल साहले अबिजित ११२ र भीम सार्कीले अबिजित १०१ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल भने १३ रनमा आउट हुनुभयो ।
१२४ बलको सामना गरेका अनिलले १२ चौका र २ छक्का प्रहार गर्नुभयो । यस्तै भीमले १२९ बलमा ११ चाैका र १ छक्का प्रहार गर्नुभयो । ९५ बल बनाएको अवस्थामा रहेका भीमले छक्का प्रहार गर्दै टिमलाई जिताउनुका साथै आफ्नो सतक पूरा गर्नुभयो ।
कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । क्यानडाका नबनित धालिवालले ५० र निखिल दत्तले ४५ रन बनाउनुभयो । नेपालका हेमन्त धामीले ३ विकेट लिनुभयो । हेमन्तले राष्ट्रिय टोलीमा आफ्नो पहिलो खेलमै ३ विकेट लिनुभएको हो । यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले १-१ विकेट लिनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०