मैले सम्झन सक्ने समयदेखि नै मेरो घरमा रेडियो सेट थियो । त्यतिवेला मेरा बुवा बम्बई (भारत) जाने गर्नुहुन्थ्यो । दुईतीन वर्ष बम्बई बसेर घर फर्किने समयमा बुवाले सधैँजसो रेडियो सेट लिएर आउनुहुन्थ्यो ।
किनकि घरमा अघिल्लो पटक ल्याएको रेडियो कतै बिग्रेको हुनसक्छ भन्ने उहाँको बुझाइ हुन्थ्यो । किन भने रेडियो बिग्रिएपछि त्यतिवेला त्यहाँ रेडियो बनाउने मान्छे उपलब्ध थिएनन् ।
बुवा घरमा भएपछि सधँै रेडियो सुन्ने गर्नुहुन्थ्यो । त्यतिवेला अहिलेका जस्ता एफएम रेडियो थिएनन् ।
रेडियोको नाममा त्यही एउटा रेडियो नेपाल थियो । अन्य कार्यक्रम कम सुने पनि बिहान र साँझको समाचार भने बुवाले सधैँ सुन्ने गर्नुहुन्थ्यो ।
म पनि बुवासँगै कहिलेकाहीँ रेडियो सुन्ने गर्थेँ । त्यतिवेला बुवालाई मेरा धेरै प्रश्न हुन्थे, ‘बुवा यो रेडियो भित्र बोल्ने मान्छे कस्ता हुन्छन् ? कति हुन्छन् ? कसरी बोल्छन् होला है ? यति सानोमा बसेर धेरै मान्छेहरू ।’
बुवालाई पनि के थाहा त्यहाँ भित्रका मान्छेका बारेमा । उहाँ मेरा प्रश्नको उतर कहिलेकाहीँ ‘मलाई पनि थाहा छैन’ भन्नुहुन्थ्यो । कहिलेकाहीँ ‘त्यहाँभित्र हेरेपछि थाहा हुन्छ’ भन्नुहुन्थ्यो ।
बुवाको यो उतरका कारण मलाई त्यो रेडियो सेट खोलेर त्यहाँ भित्रका मान्छे हेर्ने मन लाग्यो । यो कुरा करिब ३२÷३३ वर्ष अगाडिको हो ।
म त्यतिबेला ८÷९ वर्षको थिएँ । बुवा घरमै भएको समयमा त त्यो रेडियो सेट खोल्न त्यति सजिलो थिएन ।
बुवा एक वर्षजति घरमा बसेर फेरि बम्बई जाने समय आयो । म पनि दाउ हेरेर बसेको थिएँ कि बुवा कहिले बम्बर्ई जालान् र म यो रेडियो सेट खोलेर त्यहाँ भित्रका मान्छेहरू हेरुँला ?
मलाई त्यो कुराको अहिले पनि याद छ । बुवा मङ्सिरमा खेती लगाएर बम्बर्ई जानुभयो ।
राम्रोसँग खोल्न नजाँन्दा खोल्दाखोल्दै केही किला बिग्रिए, केही तारहरू चुँडिए । बिग्रेरै भए पनि रेडियो सेट खोलेरै छोडियो र त्यो दिन ठूलै युद्ध जितेझैँ लाग्यो ।
बुवा हिँडेकोे भोलिपल्ट मैले त्यो रेडियो सेट खोल्न सुरु गरिहालेँ, किनकि मलाई चाँडै त्यहाँ भित्रका मानिसहरू हेर्नु थियो । तर भने जसरी त्यो रेडियो सेट खोल्न पनि सहज थिएन । किनकि त्यतिबेला त्यहाँ त्यसलाई खोल्ने सामानहरू केही थिएनन् ।
खोल्न त खोल्ने तर केले, कसरी खोल्ने भन्ने बारेमा सोच्न थालेँ । घरमा भएको घाँस काट्ने हँसियालाई बिँडबाट निकालेर त्यसको पारो (तलपट्टीको तिखो भाग) ले खोल्न सुरु गरेँ ।
राम्रोसँग खोल्न नजाँन्दा खोल्दाखोल्दै केही किला बिग्रिए, केही तारहरू चुँडिए । बिग्रेरै भए पनि रेडियो सेट खोलेरै छोडियो र त्यो दिन ठूलै युद्ध जितेझैँ लाग्यो ।
किनकि अब रेडियोमा बोल्ने मान्छेहरु देख्न पाइने भए । अनि त्यो रेडियो सेट खोलेर २/४ जना बसेर त्यसका भित्रका सामानहरु मजाले हेरियो ।
त्यहाँ भित्र भएका सामानहरुलाई मानिस बनाइयो । ‘यी केटाकेटी, यी बुढाबुढी मान्छे, यी केटी मान्छे, यी केटा मान्छे’ भनियो । खोलियो, हेरियो, रमाइयो तर पहिलेका जसरी मिलाउन नसक्दा रेडियो भने नबोल्ने (नचल्ने) भयो ।
साँझपख आमाले रेडियो किन बोल्दैन भनेर सोध्नुभयो । त्यसका सेल (ब्याट्री) सकियो भनेर आमालाई झुटो बोलिदिएँ ।
त्यसपछि त्यो रेडियो सेट घरको एउटा कुनामा लगेर थन्काइयो । त्यसको २ वर्षपछि बुवा फेरि बम्बर्ईबाट आउनुभयो । त्यतिबेला पनि एउटा रेडियो साथमा ल्याउनु भएको रहेछ ।
त्यो रेडियोलाई पनि बुवा अर्को वर्ष बम्बर्ई गइसकेपछि पहिलेको जसरी नै खोलेर त्यहाँ भित्रका मान्छेहरू पनि हेर्ने काम गरियो । तर त्यसलाई भने पहिलेको भन्दा अलि जतन गरेर खोलेका कारण बिग्रिएन ।
खोलेर राम्रोसँग मिलाउन सफल भइयो । त्यो रेडियो बुवा अर्को पटक बम्बर्ईबाट आउँदासम्म पनि सुनियो । म पनि अलि ठूलो हुँदै गएँ ।
त्यतिबेला रेडियो नेपालको तत्कालीन क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट देउडा गीतको सेरोफेरो भन्ने कार्यक्रम आउँथ्यो । बुधबार बिहान ११ बजेतिर हो जस्तो लाग्छ ।
त्यो कार्यक्रममा स्रोेताहरूले लेखी पठाएका देउडा गीतहरू प्रसारण हुन्थयो । म पनि त्यही कार्यक्रमका लागि अछामबाट देउडा गीत लेखेर चिठी पठाउँथेँ । त्यो बुधवारको अधिकांश दिन म स्कुल नजाने अवस्थामा पुगेँ ।
किनकि त्यो दिन कार्यक्रममा कतै मैले पठाएका देउडा गीत आउँछन् कि भनेर चासो हुन्थ्यो । त्यो देउडा गीतको ‘सेरोफेरो’ कार्यक्रममा प्रसारण भएपछि गाउँभरीकालाई सुनाउँदै हिँड्ने गर्थेँ, ‘रेडियोमा मैले पठाएका गीत आए’ भनेर ।
सामुदायिक रेडियो टीकापुरले गर्दा रेडियोकर्मीका रूपमा निरन्तर छु, यहीमा काम गर्न थालेपछि तालिमका विभिन्न अवसरदेखि माथि उल्लेखित विभिन्न सञ्चारमाध्यामहरूमा जोडिने अवसर जुरेको छ ।
समुदायसँग जोडिन पुगिएको छ ।
केही वर्ष मैले त्यसै गरेँ । त्यसपछि सशस्त्र द्वन्द्व चर्कियो । त्यसले गर्दा मेरो त्यो कामले पनि निरन्तरता पाएन । २०६३ सालमा कक्षा १२ पास गरी म स्नातक तहको पढाइको लागि अछामबाट कैलालीको टीकापुर झरेँ ।
६३ सालको मङ्सिर महिनातिरको कुरा हो, टीकापुरमा रेडियो खोल्ने र त्यसको लागि रेडियोको उद्घोषण तालिम सञ्चालन हुने भन्ने सूचना कैलाली ‘हटलाइन’ दैनिक पत्रिकामा आएको रहेछ ।
त्यो पत्रिकाको टाइप गर्ने मान्छे मेरो कक्षा ८ देखिका साथी नाताले काका पर्ने वृख रावल कान्छो हुनुहुन्थ्यो ।
उहाँले मलाई त्यो सूचनाको बारेमा जानकारी दिदै मेरो हातमा पत्रिका थमाउनुभयो । मैले त्यो सूचना हेरेर एक महिनाको रेडियो उद्घोषण तालिम लिने निधो गरे ।
महिनाको दुई हजार तिरेर त्यो तालिम पनि लिइयो । तालिम टीकापुरमा स्थापना हुन लागेको फूलवारी एफएमले सञ्चालन गरेको थियो ।
तालिम लिएपछि २०६४ सालको वैशाखबाट टीकापुरमा सञ्चालित फूलवारी एफएममा जोडिने मौका मिल्यो । त्यो एफएममा २०६८ साल भदौ महिनासम्म काम गरेँ । धेरै कुरा सिकेँ पनि ।
२०६८ साल पुस महिनादेखि टीकापुरमै सञ्चालित सामुदायिक रेडियो टीकापुर एफएममा जोडिने अवसर मिल्यो ।
टीकापुर एफएममा जोडिसकेपछि सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क (सीआईएन) मा जोडिने अवसर मिल्यो ।
सामुदायिक रेडियो टीकापुर एफएममा अहिलेसम्म काम गरिरहेको छु । यसैबीचमा २०७५ साल भदौ महिनादेखि रेडियो नेपालको स्थानीय सम्वाददाताका रूपमा काम गर्ने अवसर पनि मिल्यो ।
त्यसमा पनि अहिलेसम्म काम गरिरहेको छु । एन्टेना फाउण्डेशन, इक्वल एक्सेस जस्ता संस्थाहरुसंग पनि जोडिएर रेडियो कार्यक्रम उत्पादन गर्ने मौका जुर्यो ।
एक ताका रेडियो सेट भित्रका मानिसहरूको खोजी गर्ने म अहिले आफै रेडियोबाट आफ्नो आवाज सबैलाई सुनाइरहेको छु ।
म जस्ता अरुलाई पनि रेडियोमा बज्ने समाचार, कार्यक्रम र विज्ञापनका विषयमा आफूले सिकेको कुराहरू सिकाउने गरिरहेको छु ।
यदि मैले त्यतिवेला ती रेडियो सेटका मानिसहरूको खोजी नगरेको भए म अहिले रेडियोकर्मीका रूपमा हुने थिएँ वा थिएन थाहा छैन ।
सरकारी, सामुदायिक र व्यक्तिगत रेडियोबीच भिन्नता
मैले रेडियोकर्मी भएर काम गर्दै जाने क्रममा सामुदायिक र व्यक्तिगत रूपमा सञ्चालित दुबै एफएम रेडियोमा काम गर्ने अवसर पाएँ ।
यसरी काम गर्ने क्रममा सामुदायिक र संस्थागत रेडियोमा धेरै भिन्नता देखेँ ।
फूलबारी एफएममा मैले ४ वर्षभन्दा अलि बढी समय काम गर्दा मैले त्यो समयमा सुरुमा लिएको त्यो तालिमभन्दा अरु कुनै तालिम पाउन सकिन ।
यसले मेरो व्यक्तिगत जीवनमा धेरै कुरा सिकाएको छ । सामुदायिक रेडियो टीकापुरले गर्दा रेडियोकर्मीका रूपमा निरन्तर छु, यहीमा काम गर्न थालेपछि तालिमका विभिन्न अवसरदेखि माथि उल्लेखित विभिन्न सञ्चारमाध्यामहरूमा जोडिने अवसर जुरेको छ ।
समुदायसँग जोडिन पुगिएको छ ।
अनि काम गर्दा रेडियोको मालिकले भनेको वा उसलाई फाइदा हुने काम मात्र गर्नु पर्ने । अर्को कुरा, यदि उसलाई फाइदा हुँदैन भने त्यो काम, उक्त एफएममा भएका कसैले पनि गर्न नहुने रहेछ ।
त्यहाँ समाजमा के हुँदैछ, समाज कतातिर जाँदैछ, त्यसको कुनै प्रवाह नै हुन्न भन्ने मैले बुझेँ । बस आफ्नो फाइदा हेर्यो, त्यही अनुसार काम गर्यो । भलै यसमा केही अपवादहरू भेटिन सक्छन् ।
यसले गर्दा न त्यहाँ काम गर्ने व्यक्तिको व्यक्तित्व विकास हुने न समाजलाई फाइदा हुने हो कि भन्ने मेरो अनुभव रह्यो । समाजमा भएका सकारात्मक भन्दा नकारात्मक कुराको बढी प्रचारबाजी गर्ने काम हुने महसुस गरेँ ।
यो मेरो व्यक्तिगत रेडियोमा काम गर्दाको भोगाइ हो । त्यसपछि म सामुदायिक रेडियोमा जोडिन पुगेँ र त्यसैमा आजको दिनसम्म काम गरिरहेको छु ।
यसले मेरो व्यक्तिगत जीवनमा धेरै कुरा सिकाएको छ । सामुदायिक रेडियो टीकापुरले गर्दा रेडियोकर्मीका रूपमा निरन्तर छु, यहीमा काम गर्न थालेपछि तालिमका विभिन्न अवसरदेखि माथि उल्लेखित विभिन्न सञ्चारमाध्यामहरूमा जोडिने अवसर जुरेको छ ।
समुदायसँग जोडिन पुगिएको छ ।
समाजलाई बुझ्ने मौका मिलेको छ । त्यसकारण मेरो बुझाइमा कुनै ठाउँमा काम गर्नु मात्र ठूलो कुरा होइन, काम गर्दा मिल्ने आत्मसन्तुष्टि ठूलो कुरा हो जस्तो लाग्छ ।
सामुदायिक रेडियोमा रहँदा समुदायका लागि समर्पित हुनुपर्दो रहेछ भन्ने ज्ञान पाएर काम गरिरहेको छु ।
रेडियो नेपालमा जोडिँदा स्थानीय आवाजको राष्ट्रियकरण गरेको र हरेक समाचार राष्ट्रका लागि हुनुपर्दो रहेछ भन्ने सोचिरहेको छु ।
रेडियो दिवसको सबैलाई हार्दिक मंगलमय शुभकामना ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०, ०७:३३