काठमाडौं । ब्यवस्थापिका संसदको बैठक बसिरहेको छ । लामो समय स्थगन भएपछि आज सुरु भएको बैठकमा वर्षापछिको विपदका विषयमा छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६, १५:१३