कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ ।
गएराति १ बजे महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेकाे सूदुरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनामा ३० जना घाइते भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । मृतक र घाइतेको पहिचान खुलिनसकेको र घाइतेलाई उद्धार गरी अस्पताल पठाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०, ०६:३५