कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाको परिचय खुलेको छ ।
मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजङ्ग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ ।
भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापा, पुनरवास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ ।
भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भिमदत्त नगरपालिका २ बस्ने सुदीप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाँटा बस्ने विमलादेवी भट्टको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस आज बिहान १ बजे दुर्घटनामा परेको हो । सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु- प - प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो ।
दुर्घटनामा ३० जना घाइते भएको र ९ जनालाई बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि ओलीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०, ०९:४६