काठमाडौँ । अण्डा उत्पादनका लागि मात्रै पालिने कुखुराले अण्डा उत्पादन गर्न छोडेपछि मासुका रूपमा उपयोग गर्ने अभ्यास नेपालमा भइरहेको छ ।
तर त्यस्तो कुखुराको मासु खान नहुने विज्ञहरूले सुझाव छ । अन्तरािष्ट्रयस्तरमा भने त्यस्ता कुखुरालाई प्रशोधन गरी कुखुराको दाना बनाउन प्रयोग गरिन्छ ।
मासुका रूपमा मानिसलाई प्रयोग गर्न भने बन्देज लगाइएको छ ।
नेपालमा भने कानुनी प्रावधान नहुँदा अण्डा दिन छोडे पनि यस्ता कुखुरा मासुको रूपमा प्रयोग भईरहेको कुखुराका विज्ञ डा. नवराज श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।
नेपालमा खैरो रङ्गको अण्डा मन पराइने भएको हुँदा हाइलाइन, लोह् म्यान, एचएनएन, नोभोजेन आदि जातका कुखुरा पालन गर्दै आइएको छ ।
त्यस्ता कुखुराले अण्डा दिन छोडेपछि सस्तोमा नै मासुका लागि खरिदबिक्री भइरहेकोमा सरोकारवाला निकायले चिन्ता व्यक्त गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०, १०:५१