काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनको घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली दर्ता कार्यक्रम स्थगन गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आगामी वैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा र बझाङ १ मा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा गरिएका कारण मतदाता नामावलीको काम रोकिएको हो ।
इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने गत असार २५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएको थियो ।
नेम्वाङ र सिंहको निधनसँगै दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०, ०८:०८