काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि सङ्घीय संसद्को प्रतिनिधि सभामा आज प्रस्ताव पेस हुने भएको छ ।
प्रि–बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी सरकारले गरेको नीतिगत व्यवस्थाअनुसार आज प्रि–बजेट प्रस्ताव अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्ने कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिएको छ ।
प्रि–बजेट छलफल प्रस्तावमाथि यही फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० लाई समय निर्धारण गरिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०, ०८:५०