काठमाडौँ । उपनिर्वाचन कार्यतालिकाअनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ ।
कार्यतालिकाअनुसार वैशाख १५ गतेको प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका लागि मतदाता अद्यावधिक हुन लागेको हो ।
दल दर्ताका लागि फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिनेछ ।
चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ ।
चैत २४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०, ०९:४७