काठमाडौँ । विभिन्न विधामा योगदान पुर्याएका ८ महिलाहरूलाई "अष्टमातृका" सम्मान प्रदान गरिएको छ ।
काठमाडौमा आयोजित एक कार्यक्रमका बीच सिर्जना कलेज अफ फाइन आर्टसले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर जनस्वास्थ्यमा योगदान दिएको भन्दै पञ्च कुमारी मानन्धर, साहित्यबाट पद्मावती सिंह, अभिनयबाट सकुन्तला शर्मालाई सम्मान गरेको हो ।
त्यसैगरी सङ्गीतबाट ज्ञानु राणा, मातृभाषामा विद्यालय शिक्षाबाट मायादेवी मानन्धर, चित्रकलाबाट चन्दा श्रेष्ठ, मानव अधिकारबाट मोहना अन्सारी अनि विज्ञानको क्षेत्रबाट डा टिस्टा प्रसाइँ जोशीलाई सम्मान गरिएको सिर्जना कलेज अफ फाइन आर्टसका सहायक प्रिन्सिपल नवीन्द्रमान राजभण्डारीले जानकारी दिनुभयो ।
सो अवसरमा कलेजको वार्षिक प्रकाशन "लावन्य" को सम्मानित सबैले सामूहिक रूपमा विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार सिंहले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो भने उहाँलाई सङ्गीतकार राजु सिंहले गितारमा सघाउनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०, १२:३४