काठमाडौँ । गृहमन्त्री रवी लामिछानेले कुनै पनि अपराधमा संलग्न व्यक्तलाई कारबाहीका लागि आदेश नकुर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।
गैरकानुनी धन्दा चलाउनेलाई कारबाही गरेर आफूबाट सलाम ग्रहण गर्ने गरी काममा लाग्न उहाँले भन्नुभएको हो ।
सामाजिक सञ्जालमार्फत आज बिहान एक अपिल जारी गर्दै उहाँले देशको कुनै पनि भागमा कुनै पनि ब्यक्ति वा समूहले गैरकानुनी काम गरेको, गैरकानुनी धन्दा चलाएको, कर छली गरेको, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको भए त्यसमा कारबाहीका लागि आफ्नो वा अरु कसैको आदेश नकुर्नु निर्देशन दिनुभएको हो ।
"ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईँले मलाई होइन, मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)" गृहमन्त्री लामिछानेले लेख्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०, ०९:२२