काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभामा मंगलबार भएको निर्वाचनमा सत्ता गठबन्धनका ५ दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थनमा दाहाल विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार सांसद युवराज शर्मालाई पराजित गर्नुभएको हो ।
दाहाललाई पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । राष्ट्रिय सभाको आजको बैठकमा ५६ जना सांसद उपस्थित थिए। कांग्रेसका शर्माको पक्षमा प्रस्तावको पक्षमा १७ र विपक्षमा ३९ मत परेको थियो । शर्मालाई कांग्रेस र लोसपाका सांसदको समर्थन थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०, १३:४७