काठमाडौँ । उदयपुरमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । को १ ज २५९३ नम्बरको जिप बिहान साढे ११ बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना हुँदा ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा हतुवागढी गाउँपालिका-२ का जिप चालक मानबहादुर बस्नेत, हतुवागढी–२ का चन्द्रप्रकाश राई, हतुवागढी-५ का रामकुमारी राई(ममता), वराहक्षेत्र-३ का पदमबहादुर थापा, हतुवागढी–२ का ६ महिनाको शिशु दिशान राई, इटहरीका कमला अधिकारी, हतुवागढी-२ का पर्वतमाया राई र हतुवागढी–५ का किसन राई रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा कानेपोखरी विशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई र निकिता कटुवाल रहेको पनि प्रहरीले जनाएको छ । उनीहरूको धरानमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०, १८:४६