काठमाडाैँ । सरकारले रुसी सेनामा रहेका नेपालीमध्ये घर फर्कन चाहनेलाई घर फर्कन दिन रुस सैद्धान्तिक रुपमा सहमत भएको जनाएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्कन चाहनेहरूको करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको जानकारी त्यहाँको परराष्ट्र मन्त्रालयले गराएको बताउनुभयो । यसको पूर्ण खाका बनाउन भने बाँकी रहेको उहाँले बताउनुभयो ।
यस्तै रुस सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति एवं बिमावापतको रकम उपलब्ध गराउने प्रक्रिया पनि अघि बढेको र क्षतिपूर्तिको रकम कन्सुलर सेवा विभागमार्फत उपलब्ध हुनेउहाँले जानकारी दिनुभयो। मस्कोमा रहेको नेपाली दूतावासले यसमा काम गरिरहेको पनि उहाँले संसदलाई जानकारी गराउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०, १६:५७