काठमाडौँ । वरिष्ठ साहित्यकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।
दुई दर्जनभन्दा बढी कृति लेख्नुभएका प्रधानको आज अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् ।
उहाँका छोरा प्रतीक प्रधानले बुवाको निधन भएको पुष्टि गर्दै बिहान ९ बजेसम्म काठमाडौँको राधामोहन मार्ग-२० मा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने र साढे ९ मा पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
विसं २ हजार साल माघमा भोजपुरमा जन्मिएका प्रधान सुरुमा शिक्षा र त्यसपछि लामो समयसम्म नेपाल सरकारको प्रशासनिक सेवामा रहेर साहित्यमा सक्रिय हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०, ०८:५०