काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या समाधानका लागि वैदेशिक रोजगार बोर्डले सुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ ।
गत वर्षको चैत १० गतेदेखि टेलिमेडिसिन सेवा सुरू भएको थियो ।
वीर अस्पतालले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्दे आएको टेलिमेडिसिन सेवाका लागि मेडिकल अधिकृत र स्वास्थ्य सहायकलाई खटाएको छ ।
हालसम्म १८ वटा देशबाट वैदेशिक रोजगारमा रहेका श्रमिकले फेसबुक, ह्वाट्सएप, भाइबर, ईमोलगायतका सामाजिक सञ्जालमार्फत स्वास्थ्य समस्या राख्ने गरेका छन् ।
टेलिमेडिसिन सेवामा ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराइरहेको र अहिलेसम्म साढे २ हजारभन्दा धेरैले यो सेवा लिएको अस्पताले जनाएको छ ।
सुरूमा ३ महिनाका लागि भनेर सुरु गरिएको कार्यक्रम प्रभावकारी भएपछि पुनः सम्झौता गरिएको बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेतीले सीआईएनसँग बताउनुभयो ।
टेलिमेडिसिन सेवाबाट लेसियामा रहेका नेपाली श्रमिक सबैभन्दा धेरै लाभान्वित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०, १२:०३