प्रवीण मुनाल
ओखलढुङ्गा । उसिनेको अण्डा खाने क्रममा अड्किएर ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ रामपुरमा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा खाने क्रममा अड्किएर बेहोस भएका रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो ।
प्रहरीले उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पुर्याए पनि उहाँलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिनुभयो । होटेलमा मदिरा खाएका काजीले त्यसै क्रममा उसिनेको अण्डा खाने क्रममा अड्किएको भन्ने जानकारी प्राप्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०, १७:२५