काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपसहित करिब एक अर्बको बिगो दाबी गरिएको छ ।
आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्व अध्यक्षद्वय खनाल र झासहित तत्कालीन निर्देशक आनन्दराज खनाल, हालका निर्देशक दीपेश आचार्य, सुरेन्द्र हाडा, अच्युतानन्द मिश्रसहितका व्यक्तिलाई विपक्षी बनाएको हो ।
प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्याल, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०, १७:१०