काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलमा आवद्ध भए त्याग्न र त्यस्ता शिक्षकको बारेमा उजुरी दिन आह्वान गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले शिक्षा ऐन, २०२८ दफा १६(ङ) को उपदफा ५ खण्ड (५) को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने प्रावधान कार्यान्वयन गर्न भन्नुभएको छ ।
प्राप्त उजुरीका आधारमा कारबाहीको लागि प्रक्रिया अघि बढाउन पनि उहाँले मातहतका निकायसँग अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०, ०९:२०