काठमाडौँ । पशुपन्छीमा लाग्ने रोग रोकथामका लागि नेपालमा खोप अभियान चलिरहेको छ ।
केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाकाअनुसार हाल बाख्रामा लाग्ने पीपीआर रोग विरुद्धको खोप अभियान जारी छ ।
आगामी ६ वर्षभित्र पीपीआर रोग निर्मुल पार्ने उद्देश्यसहित काम गरिरहेको सरकारले किसानलाई निशुल्क रुपमा खोप उपलब्ध गराउँदै आएको प्रयोगशालाका बरिष्ठ चिकित्सक रामचन्द्र सोपकोटाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार पीपीआर, खोरेतलगायत पशुपन्छीमा देखिने विभिन्न पाँच वटा रोग विरुद्धको खोप निशुल्क रुपमा वितरण हुँदै आएको छ ।
डा. सापकोटाकाअनुसार कुन समयमा कुन खोप लगाउने भन्ने विषयमा किसान सचेत हुन जरुरी छ । नेपालमा पशुपन्छीमा लाग्ने विभिन्न १३ प्रकारका रोग विरुद्धका खोप बन्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०, ०९:३०