काठमाडौँ । नेपाली कांग्रेसले इलाम–२ तथा बझाङ प्रदेश सभा (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका नेताहरुले जानकारी दिनुभएको छ ।
खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग ११४ मतले पराजित हुनुभएको थियो । यस्तै सिंह सुदूरपश्चिम प्रदेशका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुनुहुन्छ । सिंहको दुर्घटनामा मृत्यु भएको थियो ।
यी दुबै ठाउँमा बैशाख १५ गते उप निर्वाचन हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०, १४:२५