काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले २०७४ सालमै बुझाए पनि सरकारले गोप्य राखेको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो ।
अब चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
हेर्नुस् प्रतिवेदनको पूर्ण पाठ-
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०, १८:३५