काठमाडाैँ । सरकारले संघीय संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, आउँदो वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरिएको हो ।
सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएकले छानबिन गर्न संसदीय समिति बनाउन नेपाली कांग्रेसले संसदमा माग गर्दै आएको थियो ।
। सरकारले माग सम्बोधन नगरेपछि संसद् बैठकमा कांग्रेसले विरोध जारी राखेको थियो । सरकारले संसद्को अवरोध हटाउन पहल नगरी संसद् अधिवेशन नै अन्त्य गर्ने सिफारिश गर्ने निर्णय गरेको हो। मन्त्रीपरिषद बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०, १५:५३