काठमाडाैँ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको उहाँले बताउनुभयाे । नेपालमा यसअघि केठी ठाउँलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०, १६:०५