काठमान्डु । सामुदायिक सुचना नेटवर्क सीआईएनका बरिष्ठ संम्वाददाता राजन रुचाल प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । आज पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुरस्कार प्रदान गर्नुभएको हो ।
शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पत्रकार महासंघले संयुक्त रुपमा यो पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । रुचाल सहित प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट अरु १५ जना पुरस्कृत भएका छन् ।
प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कार पाउनेमा सामुदायिक रेडियोकर्मी रोशन तिवारी (रेडियो शालिग्राम, पर्वत) र शान्ती कमली (रेडियो लमजुङ, लमजुङ) पनि रहेका छन् ।
यस बर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार भने नागरिक दैनिकका रुवी रौनियारले प्राप्त गर्नुभएको छ ।
त्यस्तै प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार ८ जनालाई दिईएको छ । साथै संस्थागतमा एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार ५ वटा सामुदायिक रेडियोले पाएका छन् । तमोर एफएम (ताप्लेजुङ), रेडियो सन्देश (मकवानपुर), रेडियो मदनपोखरा (पाल्पा), रेडियो शारदा (सल्यान), रेडियो जनप्रिय (अछाम) लाई पुरस्कार प्रदान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६, १९:५२