जिल्ला अदालत रौतहटले कांग्रेसका नेता तथा पुर्वमन्त्री मोहम्मद अफताव आलमसहित चारजनालाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम र उनका भाइ मोहम्मद महताब आलमसहित शेख सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।
अदालतले अभियुक्त मुक्ति साहलाई भने सफाइ दिएको छ । २०६४ सालको चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको प्रमाण नष्ट गर्न २३ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा नेता आलमसहित ११ जनाविरुद्ध २०७६ सालमा मुद्दा दर्ता भएको थियो ।
आलम २०७६ साल कात्तिकदेखि पुर्पक्षका लागि उनी नख्खु जेलमा रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१, २०:०९