तेह्रथुम । गुराँसको राजधानीका रुपमा चिनिने तेह्रथुमको तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । विश्वमा पाइने ३२ मध्ये २९ प्रजातिका गुराँस पाइने यो क्षेत्र ढकमक्क गुराँसले ढाकिएको छ ।
जसका कारण दैनिक रुपमा यहाँ पुग्ने पर्यटकको संख्या पनि दिनहुँ बढ्दो छ । यसका साथै लालीगुराँस नगरपालिकामा बनाइएको चोलुङ पार्क पनि घुम्न पाइने भएकाले पर्यटकको आकर्षण बढेको हो ।
यो क्षेत्र लालीगुराँस नगरपालिकामा पर्छ । जसको पूर्व सिमाना पिङगुवा खोलाले र पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलोले छुट्टयाएको छ । त्यस्तै उत्तरी सिमाना सङ्खुवासभासँग जोडिएको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ ।दक्षिणतर्फ भने तेह्रथुमकै छथर गाउँपालिका पर्दछ।
तस्बिरहरू- कृष्ण विदुखी गाैतम /तेह्रथुम
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१, १८:१३