दाङ । गर्मीयामसँगै दाङमा आगलागीका घटना बढ्दै गएका छन् । हिजो मात्रै दाङको राजपुर गाउँपालिका-७, हाडबास गाउँमा आगलागी हुँदा २३ घर जलेर नष्ट भएका छन् ।
२८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति भएको प्रवक्ता मल्लले जानकारी दिनुभयो । स्थानीय सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पस्दा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट स्थानीय इन्द्रबहादुर ओलीको घर र गोठ जल्दा ५ लाख, शालिकराम ओलीको घर जल्दा २ लाख, कमल केसीको घर जल्दा एक लाख ५० हजारको क्षति भएको छ ।
चन्द्र बहादुर कुमालको घर जल्दा १ लाख, यमबहादुर कुमालको घर जल्दा २ लाख, लोकबहादुर भण्डारीको घर र गोठ जल्दा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
दामोदर भण्डारीको ४ वटा बाख्रासहित घर र गोठ जल्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने भागीरथ कुँवरको घर जल्दा १ लाख ५० हजार, खेमलाल खत्रीको घर जल्दा २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
खेमराज डाँगीको घर र गोठ जल्दा ६ लाख, रुपनाथ योगीको घर र गोठ जल्दा ४ लाख, टेकबहादुर डाँगीको घर र गोठ जल्दा ९ लाख, शालिकराम डाँगीको घर र किराना पसल जल्दा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
धर्मराज डाँगीको घर र गोठ जल्दा ७ लाख, अर्जुन योगीको घर जल्दा ३५ हजार, नरबहादुर थापाको घर र गोठ जल्दा ७ लाख, विशाल बुढाको घर र गोठ जल्दा ४ लाख, काली यरीको घर र गोठ जल्दा २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सीता भण्डारीको घर र गोठ जल्दा १ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
भेषबहादुर केसीको घर र गोठ जल्दा ५ लाख, ५९ वर्षका मनिनाथ कुवँरको घर र गोठ जल्दा ५ लाख, ३२ वर्षको लालबहादुर केसीको घर जल्दा ५ लाखको क्षति भएको छ । पीडितलाई राहतस्वरुप खाद्यान्नसहितका सामग्री वितरण गरिएको देउखुरीबाट पत्रकार महेश रिजालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१, ११:२२