काठमाडौं ।
बजारमा हरियो तरकारी तथा सागको भाउ बढेपछि उपभोक्ता मारमा परेका छन् । ६ महिना अगाडीको तुलनामा अहिले तरकारीको मूल्य दोब्बर भएको छ ।
पार्वती नगरकोटी बाहिर भन्दा अलि सस्तो पाइएला कि भनेर तरकारी किन्न कालिमाटी तरकारी बजार पुग्नुभएको थियो । तर सस्तो पाईएन, तरकारीको भाउ सुनेर उहाँ दिक्क हुनुभयो ।
काठमाण्डौँमा तोकिएको भन्दा दोब्बर बढिसम्म मूल्यमा तरकारी बिक्रि भइरहेको छ ।
काठमाण्डौँमा तोकिएको भन्दा दोब्बर बढिसम्म मूल्यमा तरकारी बिक्रि भइरहेको छ ।
कालिमाटी तरकारी बजारले तोकेको भाउ अनुसार गोलभेडाको अधिकतम मूल्य एक किलोको ८० रुपैंया छ । तर उहाँले १ सय ६० रुपैंयामा किन्नुभयो ।
असारको पहिलो हप्तासम्म घिउ सिमिको मूल्य प्रतिकिलो ६९ रुपैयाँ थियो । अहिले १ सय १७ रुपैयाँ पुगेको छ ।
एक महिना अघि ५३ रुपैयाँ रहेका घिरौलाको मूल्य ७८ रुपैया पुगेको छ भने ७८ रुपैया किलो रहेको भटमास १ सय ५ रुपैया पुगेको छ । २६ रुपैयाँ रहेको सेतो आलु ३३ रुपैयाँ पुगेको छ ।
वर्षासँगै यातायातको असुविधा, बाढि, डुवान, बर्षाका कारण तरकारी कुहिने लगाएतका समस्याका कारण तरकारीको मूल्य बढेको व्यवसायीको भनाइ छ । सरकारले उचित अनुगमन गर्न नसकेका कारण पनि तरकारीको महंगी नघटेको विज्ञहरु बताउँछन् । नेपालले वर्षेनी करिब १२ अर्ब बराबरको तरकारी तथा फलफूल आयात गर्ने गरेको कृषि मन्त्रालयको तथ्यांक छ ।
नेपालको उत्पादनले २५ प्रतिशत पनि माग पूरा गर्न सकेको छैन ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६, ०८:०५