बझाङ । बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर २ ले बाँझो जमिनमा कोदो बाली लगाउने किसानलाई अनुदान र पुरस्कार दिने भएको छ ।
वडाका धेरै खेतीयोग्य जग्गा बाँझो हुन थालेपछि वडाले यस्तो नीति लिएको हो ।
वडाध्यक्ष धनराज मिश्रले वडाभित्र कोदोबालीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ बाँझो र खेती गरिरहेको जमिनमा कोदो लगाउन वडाबासीलाई अनुरोध गर्नुभयो ।
उहाँले अनुगन र मुल्याङ्कन गरि कोदो फलाउने किसानलाई अनुदानसँगै पुरस्कृत गरिने बताउनुभयो ।
उहाँले वडाभित्र रहेका डाँडा, सेगुभुवा, अठिमाडा र बाँझो रहेका विभिन्न भुवाँ जमिनमा कोदो लगाउँदा किसानलाई फाइदा पुग्ने दाबी गर्नुभयो ।
किसानले उत्पादन गरेको कोदा वडाले नै खरिद गरि बजीकरण पनि गर्ने वडाध्यक्ष मिश्रको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१, ११:५२