अर्पणा आचार्य
जसको मुस्कान उज्यालो थियो
जसको हाँसो मुक्त थियो
जसले हामीलाई दया र अनुग्रहले डोहोर्यायाे
जसको न्यानो अँगालोले हाम्रो जीवन भरियो
जसले बाँच्न र माया गर्न सिकायो
बलियो बन्न र माथि उठ्न सिकायो
उनी अर्थात् आमा
जो आँधीमा आश्रय थिइन्
एक सान्त्वना उपस्थिति, एक मार्गदर्शक फारम
छोडेर गए पनि हामीलाई मनैभरि सम्झना छन्
खुसीका दिनहरूको सम्झना
दुःखका दिनहरूको सम्झना
हाँसेको सम्झना
रोएको सम्झना
भरथेगकाे सम्झना
भराेसाकाे सम्झना
अठाेटको सम्झना
हाैसलाकाे सम्झना
मायाकाे सम्झना
हाम्रै भलाइका लागि गरेका गालीको सम्झना
हाम्रै खुसीका लागि आफ्ना खुसी बिर्सेको सम्झना
अनन्त सम्झनाहरू....
आखिर यही सम्झना त रहेछ सधैँ सधैँ साथ रहने
आमाको मुख हेर्ने दिनमा यो सम्झनाको हुरि बतास अझ बेस्सरी आएको छ
आमा हामीसँग नभए पनि उनको मायाको सम्झना सम्झेरै
उनलाई आजीवन जीवित राख्नेछौँ हामी ।।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१, १५:०१