विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कोशी प्रदेशमा तेस्रो पटक कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का १३ जना र एमालेका ३९ जना गरी ५२ जना सांसदले कार्कीलाई समर्थन गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१, १४:४४