काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलले पन्ध्र नाटक मञ्चन गर्ने भएको छ । यस पटकको नाट्य सप्ताह अन्तर्गत पाँच दिनमा पाँच रङ्गकर्मीसँग पाँच दिनमा १५ वटा नाटक मञ्चन गर्न लागिएको विद्यालयका नाट्य निर्देशक तथा लेखक टंक चौलागाईंले जानकारी दिनुभयो ।
जसमा कालु र बाघ, सानी र परी, इमान्दार दाउरे, उज्यालोतिर, चकलेट, खेल्ने बेला खेल्छौँ पढ्ने बेला पढ्छौँ, हिराको भोटो, श्रवणकुमारको कथा, प्रकेश सिन्धुलियको लेखन रहेको द फिनिस लाइन लगायत विभिन्न लेखकका शिशिर बसन्त, चार्ली एन्ड द चकलेट फ्याक्ट्री, ब्युटी ईज अ बिस्ट, फूलको भाषा, दुःखी राजकुमारी, पापवुद्धि धर्मवुद्धिलगायत रहेका छन् ।
यी नाटकमा टंक चाैलागाइँ , प्रतिक दुलाल, रंगकर्मी विजया कार्की, बिजय नेपाल र बनसरी पान्डेले निर्देशन गर्नुहुने छ ।
यी नाटकमा कक्षा चारदेखि दशसम्मका करिब चार सय विद्यार्थी सहभागी हुने र नाटकले विद्यार्थीको साहित्यिक र रचनात्मक क्षमता प्रष्फुटन गर्न सहयोग गर्ने विद्यालयका प्रिन्सिपल सुनिता पाैडेलले बताउनुभयाे ।
नाट्य सप्ताह यही वैशाख ३१ गतेदेखि जेठ ४ गतेसम्म शिल्पी थिएटर बत्तिस पुतलीमा चल्ने छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१, १७:४९