काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पा २९औं पटक संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । ५४ वर्षीय उहाँले आफ्नै कीर्तिमान भङ्ग गर्दै आइतबार बिहान ७स्२५ बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ।
उहाँ गत वर्ष २८औं पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।
२०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएका कामिरिता त्यसयता लगातार आरोहणमा सक्रिय हुनुहुन्छ ।
सेभेन समिट ट्रेक्स प्रालिका ट्रेकिङ गाइडका रूपमा कार्यरत उहाँ यस पटक विदेशी आरोहीको वरिष्ठ 'हाइ अल्टिच्युड गाइड'का रुपमा सगरमाथा क्षेत्र पुग्नुभएको थियो । सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडिन कम्पनीका सदस्यलाई सगरमाथा आरोहण गराउने क्रममा उहाँ आज बिहान सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । मौसम अनुकूल भएमा फेरि सगरमाथा आरोहण गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१, १०:४८