काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजका लागि पनि बोलाइएको छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । हिजोका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक काँग्रेसले अवरोध कायमै राखेपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।
हिजोको बैठकमा काँग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले संसद अघि बढाएपछि एमाले र काँग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।
प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएकोसम्बोधनकोप्रति टेबलु गर्नेलगायतका सम्भावित कार्यसूची छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसदको दुवै सदनको संयुक्त बठैकलाई गएको मङ्गलवार गर्नुभएको सम्बोधनको लागि धन्यवाद दिने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्ने, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायतको सम्भावित कार्यसूची पनि आजका लागि छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१, ०८:५४